*जिन्दगी एउटा इनबक्स**
****- सुषमा मानन्धर*
**

जिन्दगी
अब एउटा इनबक्स
दिनहु" आउने कैयन् इमेलहरू
परििचत/अपरििचत ठेगानाबाट
वाञ्छित/अवाञ्छित प्रवेशको चाहनास"ग
आकर्ष/भद्दा शर्ीष्ाकहरूमा
सम्मोहित अनि दिग्भ्रमित बनाउ"दै छन् ।

मीठो सपनाको लोभमा
पहिल्याउ"दै सुदूूर
आफ्नाबाट टाढा एउटा भोगाइ
तर, यो भोगाइ, मात्र अन्तहीन ।
सङ्क्रमणबाट त्रस्त जिन्दगीबाट
भाइरस डिलिट गर्न खोज्यो
विडम्बना †
जानकारीबिनाको कोही आफ्नै
थुप्रै स्पामहरूभित्र हराउ"छ,
अपराधबोध/गल्ती सच्चिन
फेर िएकपल्ट ब्याक । ब्याक... एउटा मौका
पेज क्यानट बी डिस्प्लेड
आफ्नैअगाडि आफ्नो वर्तमान
किन, कसरी, कोबाट कतिबेला सङ्क्रमित हुनपुग्ने हो
मरीचिकाको परण्िाति शून्य †

नचाह"दा पनि थेग्न नसकिने थुप्रै जङ्क मेलहरू
अस्तित्वमा अनधिकृत हस्तक्षेपस"ग
जिन्दगीको शान्त तलाउमा
ढुङ्गा फालेर भाइरस फैलाउ"दै छन् ।
एलर्ट †
आफ्नो र परायबीच
सचेत हुने मौकै नदिई
इनबक्सभित्र ह्वात्तै खोलिन पुग्छ
एउटा अर्को इन्फेक्टेड जङ्क मेल
इच्छाहरू पङ्गु भएका छन्
र, जिन्दगी फेर िएकपल्ट ह्याङ् भएको छ ।


- From Nepal National Weekly, 9 Nov 2008

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [EMAIL PROTECTED]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to