*नववर्ष 2066 को शुभकामना*
नयाँ बिहानीसँगै नयाँ तिर्सनासँगै रंगिन सपनाहरु बुन्दै आश्वासन अनि रहरहरु सुन्दै सुध्रिने सुधार्ने प्रण गर्दा गर्दै अन्योलता अनि अष्पस्टताको घुम्तिमा घुम्दा घुम्दै गन्तव्य भेटिएकै थिएन रहरहरु मेटिएकै थिएन अर्को सालले चियाइसकेछ पैंसठ्ठि सालको Farewell आइसकेछ नयाँ वर्ष 2066 लाइसकेछ । नविनताको आशै आशमा सुख शान्तिलाई बोलाउँदा बोलाउँदै उन्नति प्रगतिलाई पर्खँदा पर्खँदै सुनौलो संसार कुर्दा कुर्दै मैनबत्ती र टुकीमा रुमल्लिरहँदा धम्कि अनि घुर्किमै अल्मलिरहँदा HAPPY NEW YEAR को SMS आइसकेछ शुभकमनाको लहर छाइसकेछ नयाँ वर्ष 2066 लाइसकेछ ।। आँटेको कुरा भेट्न पाइयोस् मनका रहर मेट्न पाइयोस् खेल्न गाउन नाच्न पाइयोस् चैनसित बाँच्न पाइयोस् सुख शान्ति सधैं आओस् मनमा कान्ति छाइरहोस् हृदय देखि छ कामना नववर्ष 2066 को शुभकामना । --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
