धेरै छलफल पछि राम्रै परिणाम निस्कला
मेरो विचारमा यसलाई २ तरिकाले हेर्नु पर्छ । १- अङ्ग्रेजीको नेपाली अनुवाद -यसमा एक भन्दा बढी शब्द पनि हुनसक्छन्। २- प्रतीकात्मक प्रयोग - यसमा एउटै शब्द हुन्छ र सुरुमा सदस्यले मात्र बुझ्दछ पछि सिम्बोलको रुपमा गए पछि सबैले बुझ्छन् । त्यसैले अनुवादको दृष्टिकोणबाट --- "खुला (खुल्ला होइन) प्रविधि मञ्च" र प्रतिकात्मक दृष्टिकोणबाट हेर्दा एउटै शब्दले खुला, प्रविधि, आकास आदि कुरा जनाउनु पर्छ । त्यसैले 'क्षितिज' वा 'गगन' शब्द ठिक होला । क्षितिज शब्द संस्कृतबाट आएकोले हिन्दी बङ्गाली, मराठी असमीया, भोजपुरी, मैथिली अवधि आदिमा पनि एउटै अर्थ लाग्छ र साहित्यमा बढी प्रचलित छ । बरू यसका अगाडि "खुला क्षितिज" वा यस्तै यस्तै केही शब्द र गगन याने कि आकासको हकमा "नील गगन" वा यस्तै यस्तै केही शब्द थप्न सके राम्रो हुन्थ्यो कि? लक्ष्मीप्रसाद खतिवडा On Thu, Aug 27, 2009 at 10:14 PM, Kysor <[email protected]> wrote: > "खुला समाज".. > > > --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
