ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस का कम्प्युटर ,
इलेक्ट्रोनिक्स् तथा एलेक्ट्रीकल बिभागका बिद्यार्थीहरुको समुह लोकस
२००८-०९ ले यही मङ्सिर १२-१४ गते "लोकस" छैठौ राष्ट्रिय प्राबिधिक
महोत्सब
को आयोजना गर्दैछ ।गणित को भाषामा  लोकस भनाले पथ भन्ने बुझिन्छ ।
ईन्जिनियरिङ अध्ययनरत बिद्यार्थी हरुमा अन्तर्निहीत क्षमताको प्रस्फुटन
तथा प्रदर्सनी को लागि पथ प्रदर्सक बन्ने विश्वाश का साथ सन २००३ मा यो
समुह बनेको हो र लोकस २००८-०९ यसको छैठौ सन्स्करन हो । लोकस को मुख्य
उद्देश्य भनेको प्राबिधिक बिद्यार्थी हरुलाई स्वस्थ प्रतिस्पर्धाको
निम्ती प्लेट्फार्म उप्लब्ध गराउनु  ,उनीहरुमा  ब्याबसायीक सीप र सामुहिक
कार्य तथा नेत्रित्व शक्ती को बिकास गराउनु  , त्यसै गरी बिभिन्न रुची र
पृष्‍ठभुमी का मानिस हरुलाई सुचना प्रबिधी का नबिनतम आबिस्कार हरुसँग
साक्षात्कार गराउनु हो ।

हरेक बर्ष लोकस ले राष्ट्रिय स्तरका बिभिन्न ईन्जिनियरिङ कलेज का
विद्यार्थी हरुलाई समेटेर बिबिध प्रतियोगिता,प्रदर्सनी तथा अन्य
कार्यक्रम हरुका साथ तीन दिने प्राबिधिक महोत्सब गर्दै आएको छ । यस
बर्षको छैठौ सन्स्करन का मुख्य कार्यक्रम हरुमा प्रतियोगितात्मक तर्फ
औपचारिक कार्यक्रम जस्तै सफ्टवेर ,हार्डवेर ,इलेक्ट्रिकल बिधाका
प्रोजेक्ट हरु बीच प्रतिस्पर्धा, कार्यपत्र प्रस्तुती र प्राबिधिक
हाजिरिजबाफ प्रतियोगिता रहेका छन भने अनौपचारिक कार्यक्रम जस्तै वेबपेज
डिजाईन प्रतियोगिता ,कोडिङ प्रतियोगिता,कम्प्युटर गेमिङ प्रतियोगिता आदी
रहेका छन । त्यसै गरी अप्रतियोगितात्मक तर्फ सेमिनार ,
कार्यशाला ,अन्तर्कृया ,बिभिन्न ईन्जिनियरिङ प्रबिधी र प्रयोगशाला हरुको
प्रदर्शनी , सुचना,प्रबिधी र जलबिद्युत  सँग  सम्बन्धित बिभिन्न
ब्याबसायीक प्रतिस्ठान हरुका स्टलहरु , ईन्जिनियरिङ अध्ययन पस्चात का
सम्भाबीत रोजगार दाता कम्पनी हरुका स्टलहरु आदी रहेका छन ।
यस प्राबिधिक महोत्सबलाई डी २ हकाइ नामक सफ्टवेर कम्पनी ले मुख्य
प्रायोजन गरेको छ भने ईन्जिनियरिङ अध्ययन संस्थान डीनको
कार्यालय  ,पुल्चोक क्याम्पस प्रशासन ,पुल्चोक क्यम्पस स्व वि यू ,त्यसै
गरी  कम्प्युटर  तथा एलेक्ट्रोनिक्स् र एलेक्ट्रिकल बिभाग लगायत बिभिन्न
संघ संस्थाले सहयोग गरेका छन .
महोत्सबमा निशुल्क प्रबेश को व्यवस्था गरिएको  छ ।

ज्ञानेश्वर बोहरा
संचार सम्योजक
लोकस २००८ -०९







-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to