माईक्रोसफ्ट नेपाल भने पनि माईक्रोसफ्ट ईनोभेसन सेन्टर भनेपनि सबै एबिटि नै हो। एबिटिकै पहलमा यहि बिहिबार एकै दिन दुई कार्यक्रम गरिएछ: शंकर होटलमा र रस्यन कल्चरल सेन्टरमा। "ओपननेस डे" थिम राखेर गरिएको दुई कार्यक्रमहरुमा फरक भनेको सहभागी मात्र थिए। शंकर होटलमा निती निर्माता, सरकारी आईटि कर्मचारीहरु र गनेचुनेकालाई बोलाईएको थियो। रस्यन कल्चरल सेन्टरमा बिषेश गरि बिद्यार्थीहरु, सुचना प्रविधि क्षेत्रका केहि सरोकारवालाहरु र अन्यलाई। कार्यक्रममा माईक्रिसफ्ट खुला हुदैछ भन्ने भ्रामक संदेश दिन खोजेएको थियो। यदि साँचै यस्तो हुने भए त सहरानिय कुरो हो। तर यो एक गंभिर भ्रम फैलाउने संदेश थियो। एबिटिले रोप्न खोजेको खुलाको मतलब हामीलाई थाहा भएको खुला श्रोत सफ्टवेयर भन्दा एकदमै फरक र बिपरितार्थक छ।सेयर्डसिर्स (साझा स्रोत) लाई ओपनसोर्स (खुला श्रोत) भनेर ब्याख्या गर्न खोजियो जुन बिल्कुलै गलत हो। त्यो कार्यक्रम यदी सदनियतले गरेको भए फोस समुदायलाईपनि निम्तो वा थाह हुन्थियो होला।फोस नेपालका केहि सदस्यहरु अन्य भुमिकामा पनि कार्यरथ रहेकोले त्यहाँ जाने जुग मिलेछ। त त्यो भ्रम त्यही छताछुल्ल बनाईदिए। फोस समुदाय र स्वतन्त्र तथा खुला श्रोत दर्शनमा विश्वास राख्ने सबैको अथक मेहनत त परिश्रमले खुला र स्वतन्त्रको अर्थ जनमानस, बिद्यार्थीहरु, निती निर्माता, सरकारी आईटि कर्मचारीहरु सबैले पहिलेनै बुझेका छन। तसर्थ नेपाल सरकारको सुचना प्रबिधि नितिमा स्वतन्त्र तथा खुला श्रोत र खुला मानकको बारेमा पहिलेनै समाहित छ। त्यसमाथि भ्रम छरेर के गर्न खोजेको हो खै!
-- ------------------- Prabin Gautam -- -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ --- You received this message because you are subscribed to the Google Groups "FOSS Nepal" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. For more options, visit https://groups.google.com/d/optout.
