सबैमा नमस्कार ।

म, Mozilla Nepal को प्रतिनिधिको नाताले यहाँहरु सबैमा यस संस्थानबाट यहि साउन
९ गते आयोजना हुन गइरहेको Maker Party Nepal 2015 को निमन्त्रणा दिन चाहन्छु ।

Q. Maker Party Nepal के हो ?

A. Maker Party, web सिकाउन Mozilla <https://www.facebook.com/mozilla> ले
गरेको वार्षिक अभियान हो र यो दुनिया भरि community-run event गरेर मनाइन्छ ।
त्यहि अभियान अन्तर्गत यो event नेपालमा आयोजना हुन गइरहेको छ ।

Q. Maker Party Nepal, नेपालमा कहाँ कहाँ हुन गइरहेको छ ?

A. Maker Party Nepal, नेपालको विभिन्न ५ शहरहरुमा आयोजना हुन गइरहेको छ । ति
शहरहरु, काठमाडौं, चितवन, वीरगन्ज, विराटनगर र हेटौंडा हुन ।

Q. Maker Party Nepal मा के हुन्छ ?

A. Maker Party को प्रत्यक्ष सम्बन्ध web सँग भएकाले, यस event मा पनि web
सम्बन्धित कामहरु हुन्छन् । जस्तै HTML, CSS प्रयोग गरेर webpage बनाउने ,
HTML, JS प्रयोग गरेर web-based-game बनाउने आदि । तर तपाई coding मा मात्र
सिमीत हुन पर्दैन । तपाई mozilla, open-web सगँ सम्बन्धित भएर चित्रकला, नाच,
नाटक मन्चन आदि
गर्न सक्नु हुन्छ ।

Q. म यो event मा सहभागी हुन चहान्छु । मैले के के गर्नु पर्ने हुन्छ ?

A. त्यसको लागी तपाईले तल दिइएको ई-फारम [*] भरेर आफ्नो स्थान पक्का गर्नु
पर्ने हुन्छ । तपाईको स्थान पक्का भएको जानकारी हामी तपाईलाई इमेल मार्फत
गराउने छौँ ।

सुरित अर्याल ।
Mozilla Nepal

* http://bit.ly/1HxrXCr






With Regards
Surit Aryal
Mozilla Nepal Representative
Open Source Enthusiast

-- 
Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/
--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to [email protected].
To post to this group, send email to [email protected].
For more options, visit https://groups.google.com/d/optout.

Reply via email to