कांग्रेस-एमाले नेतालाई कडा सुरक्षा
जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले सुरक्षालाई मजबुत बनाउन प्रहरीले निर्देशन दिएको बताइएको छ। माओवादीका भ्रातृ संगठनहरूबाट नेकपा (एमाले) र नेपाली कांग्रेसका केही केन्द्रीय नेताहरूमाथि आक्रमणको सम्भावनालाई ध्यानमा राखी प्रहरी प्रधान कार्यालयले कडा सुरक्षा उपलब्ध गराएको छ। प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणपछि प्रधानमन्त्रीले राजीनामा दिएको भोलिपल्टदेखि प्रहरी प्रधान कार्यालयले केही नेताहरूको सुरक्षाका लागि सुरक्षाकर्मी उपलब्ध गराएको हो। नेकपा (एमाले) र नेपाली कांग्रेसका केही नेतामाथि असुरक्षाँको स्थिति सिर्जना भएकाले केही नेतालाई सुरक्षाकर्मी उपलब्ध गराएको प्रहरी प्रवक्ता विजयलाल कायस्थले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। ‘हामीले समयसमयमा भीआईपी र दलका नेताहरूको सुरक्षाका बारेमा ‘सेक्युरिटी अपडेट’ गर्ने गरेका छौं, त्यसरी अपडेट गर्दा कसलाई त्यस्तो ‘थ्रेट’ भएको महसुस छ सुरक्षाकोकर्मी उपलब्ध गराउछौं’ -प्रवक्ता कायस्थले जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले एमालेनेता केपी ओलीलाई स्वचालित हतियारधारी एक टोली पछुवाका रूपमा उपलब्ध गराएको छ भने प्रदीप नेपाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, इश्वर पोखरेललगायत एक दर्जन नेतालाई सुरक्षाकोकर्मी उपलब्ध गराएको छ। त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, शोभाकर पराजुलीलगायत नेतालाई प्रधान कार्यालयले सुरक्षाकर्मी उपलब्ध गराएको छ। प्रहरीले राष्ट्रपति भवन र सैनिक मुख्यालयवरपरका क्षेत्रमा समेत आफनो गतिविधिलाई बढाएको छ। त्यस्तै सादा पोसाक र युनिर्फममा नै त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई २४सै घण्टा परिचालन गरिएको छ। सरकार छोडेको घोषणा गरेपछि माओवादी अराजक बन्दै गएको र अन्य दलका नेताहरू असुरक्षित बन्दै गएको रिपोर्ट पाएपछि प्रधान कार्यालयले नेताहरूको सुरक्षाका लागि प्रहरी कर्मचारीहरू पठाइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। केही समयअघि माओवादी नेताहरूमाथि ‘सेक्युरिटी थ्रेट’ बढेका कारण प्रहरी उपलब्ध गराइएको थियो भने अहिले अन्य दलका केही नेतामाथि असुरक्षा बढेकाले सुरक्षा उपलब्ध गराइएको ती अधिकारीले जानकारी दिए। सरकारको राजीनामापछि मुलुकको राजनीतिक र सुरक्षा स्थिति नाजुक बन्दै गएको आंकलन गरेपछि प्रधान कार्यालयले देशभरका आफ्ना कार्यालयलाई उच्च र्सतर्कताका साथ रहन र नजिकका एकाइहरूसग समन्वयमा रहन निर्देशन दिएको ती अधिकारीले जानकारी दिए। जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले सुरक्षालाई मजबुत बनाउन प्रहरीले निर्देशन दिएको बताइएको छ। --~--~---------~--~----~------------~-------~--~----~ You received this message because you are subscribed to the Google Groups "Nayanthara Fan Club Group at nayanthra.com" group. To post to this group, send email to [email protected] To unsubscribe from this group, send email to [email protected] For more options, visit this group at http://groups.google.com/group/nayanthara?hl=en -~----------~----~----~----~------~----~------~--~---
