"प्रतिस्पर्धाले नै गुणस्तरको बिकास गर्दछ" भन्ने मुल नारासहित
ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका कम्प्युटर ,
इलेक्ट्रोनिक्स् तथा इलेक्ट्रीकल बिभागका बिद्यार्थीहरुको समुह "लोकस" ले
यही आश्बिन १ र २ गते "सातौं राष्ट्रिय प्राबिधिक महोत्सब - लोकस २०१०"
को आयोजना पुल्चोक ईन्जिनियरिङ क्याम्पसको परागणमा गर्दैछ ।

गणित को भाषामा लोकस भनाले "बिन्दुपथ" भन्ने बुझिन्छ । ईन्जिनियरिङ
अध्ययनरत बिद्यार्थी हरुमा अन्तर्निहीत क्षमताको प्रस्फुटन तथा प्रदर्सनी
को लागि पथ प्रदर्सक बन्ने विश्वाश का साथ सन २००३ मा यो
समुह बनेको हो र लोकस २०१० यसको सातौं सम्करण हो । लोकस को मुख्य
उद्देश्य भनेको प्राबिधिक बिद्यार्थी हरुलाई स्वस्थ प्रतिस्पर्धाको
निम्ती प्लेट्फार्म उप्लब्ध गराउनु , उनीहरुमा ब्याबसायीक सीप र सामुहिक
कार्य तथा नेत्रित्व शक्ती को बिकास गराउनु , त्यसै गरी बिभिन्न रुची र
पृष्‍ठभुमी
का मानिसहरुलाई सुचना प्रबिधी का नबिनतम आबिस्कारहरुसँग साक्षात्कार गराउनु हो ।

हरेक बर्ष लोकसले राष्ट्रिय स्तरका बिभिन्न ईन्जिनियरिङ कलेजका
विद्यार्थी हरुलाई समेटेर बिबिध प्रतियोगिता, प्रदर्सनी तथा अन्य
कार्यक्रमहरुका साथ प्राबिधिक महोत्सब गर्दै आएको छ । यस बर्षको सातौं
सन्स्करनका मुख्य कार्यक्रम हरुमा प्रतियोगितात्मक तर्फ औपचारिक
कार्यक्रम जस्तै सफ्टवेर, हार्डवेयर, इलेक्ट्रिकल बिधाका प्रोजेक्टहरु
बीच प्रतिस्पर्धा, कार्यपत्र प्रस्तुती र प्राबिधिक हाजिरिजबाफ
प्रतियोगिता
रहेका छन भने अनौपचारिक कार्यक्रम जस्तै क्याट-कोडिङ प्रतियोगिता,
फास्टेस्ट गुगल सर्चिङ प्रतियोगिता, गेमिङ प्रतियोगिता, प्रबलम सल्भिइ
प्रतियोगिता आदी रहेका छन । त्यसै गरी अप्रतियोगितात्मक तर्फ सेमिनार,
कार्यशाला, अन्तर्कृया, बिभिन्न ईन्जिनियरिङ प्रबिधी र प्रयोगशालाहरु तथा
रोबोटहरुको प्रदर्शनी, सुचना ,प्रबिधीसँग सम्बन्धित  बिभिन्न ब्याबसायीक
प्रतिस्ठानहरुका स्टलहरु , ईन्जिनियरिङ अध्ययन पस्चात का सम्भाबीत रोजगार
दाता कम्पनीहरुका स्टलहरु, शैक्षिक सस्थानसँग सम्बन्धित प्रतिस्ठानहरुका
स्टलहरु, फुड स्टल,  आदी रहेका छन । साथसाथै यसपटक प्लस टु्/इन्टरमिडिएट
तहका बिद्याथिहरुको निम्ति
"प्लस टु/इन्टरमिडिएट एक्स्पो" नामक प्रदर्शनि रहेका छन्,  जसअन्तर्गत
प्रदर्सनिमा राखिएको उत्कु्स्ट प्रोजेक्ट लाई पुरस्कि्त गरिनेछ ।

यस प्राबिधिक महोत्सबलाई "डी २ हकाइ सर्भिसेज" नामक सफ्टवेर कम्पनीले
मुख्य प्रायोजन गरेको छ भने ईन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालय,
पुल्चोक क्याम्पस प्रशासन ,पुल्चोक क्यम्पस स्व. वि. यू. , त्यसै गरी
ईलेक्ट्रोनिक्स् तथा कम्प्यु्टर र ईलेक्ट्रिकल बिभाग लगायत बिभिन्न संघ
संस्थाले सहयोग गरेका छन ।

महोत्सबमा निशुल्क प्रबेश को व्यवस्था गरिएको छ । गत बर्ष १५ हजारभन्दा
बढिले अवलोकन गरेको लोकस महोतसबमा यो बर्ष करिब २० हजार अवलोकनकर्ता आउने
अनुमान गरिएको छ ।

स्थान : पुल्चोक क्याम्पस
मिति : असोज १ र २
समय : बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म

************************************************************************

बिजय लिम्बु
(संचार संयोजक)
लोकस-२०१०
९८०८३४८४८२
[email protected]

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to