same to u foss

On Mon, Apr 23, 2012 at 3:11 PM, Dadhiram <[email protected]> wrote:

> नसम्कार साथीहरु
> जो-जो, जहाँ-जहाँ जुन-जुन अबस्थामा खुसी रहनु भएको छ त्यसले निरन्तरता पाओस्
> २०६९ सालमा र अगाडि पनि । खुसि नसाटियोस, नफेरियोस, र नहराओस पनि । जीबनका
> पलहरूमा सुखि  रहन नसकिएला।  धेरैकारण पनि छन् तर तपाईले चाहेको खण्डमा खुसी
> खोस्न कुनै  इन्द्रेको बाबु चन्द्रेलालले सक्तैन ।  खुसि बास्तबमै एउटा अनुशरण
> गर्न मात्र सकिने चिज हो आफ्नै  आत्मले आफ्नै आत्मलाई साक्षी राखेर मात्र
> अनुभव गर्न सक्छ। कहिल्यै यसको मुल्य तोक्न भौतिकबाद सफल नहोला । नहोस पनि किन
> भने म गरिव छु तर खुसी रहन मन लाग्छ यहि खुसि पनि मैले किन्नै नसक्ने
> काठमान्डौका महलहरू जस्तो भयो भने मलाई कष्ट पर्छ त्यसैले यस्तो नहोस । हुने
> तरखर मैले देखेँ भने । ताज महलका प्रणेताले जस्तै कदम चाल्न म पनि बाध्य हुने
> छु । # बनाउने मानिसलाई नै सिज् हाहाहाहहा
> एउटा वाक्य छ नि त्यसलाई  एकै छिन पैंचो लिदा ...  <<<<कल्पनाको गगन
> मुस्कुराउने चन्द्र बनन >>>> गर्नुहोस् कल्पना बनाउनुहोस् २०६९ लाई चन्द्रमा
> जस्तै सितल र चम्किलो ।
>
> सायदै आज भन्दा १३ बर्ष अगाडि हामी सबै कस्ता थियौ होला है (अरुको र मेरो फरक
> हुनु त स्वाबाभिक हो  ) मैले त अहिले सम्म पनि भुलेको छैन एक जना साथिले नयाँ
> बर्षको शुभकामना लेखेर दिएको इन्डियन अभिनेत्री काजोलको  पोष्कार्ड आजकाल
> मात्र थाहा भयो  को हुन काजोल किन मलाई नयाँ बर्षको शुभकामनामा दिईयो काजोलको
> तस्बिर । अनि त्यस्तै अर्को बर्ष दिब्या भारतीको तस्बिर दिइएको थियो जुन मैले
> गतसाल कोठा सर्नु भन्दा अगाडि सम्म पेन ट्रेमा र्याप गरेर राखेको थिए ।
> यस्तै थिए बिगतका खुसी.......
>
> के गर्नु? जमानामा पनि प्रियतमलाई चिठ्ठी लेख्न पाइएन अनलाइन च्याट, एस एम
> एसले डिष्ट्रव गरि हाल्यो झन् त्यो भन्दा पछि त ! यो फेस बुक भन्ने चिज आयो र
> धानमा लाग्ने  पतेरो जस्तो भएर सबै भता भुङ्ग बनाइ दियो पत्र लेखन लाई त  ।
> त्यसैले लेखाइमा हात बसेकै छैन  । हात नबसेका मानिसले लेखेको कुरामा भन्न
> खोजेको कुरा नबुझिने , बाक्यको बनावट नमिलेको जस्ता भाषागत असभ्यताहरू
> बग्रेल्ति हुन्छन् । यति हुदाँ हुदै पनि तपाई / तँ / तिमीहरूलाई एउटा नयाँ
> सालको ई-पत्र लेख्न कस्तो मन लागो ।  नलेखि बस्नैसकिन त्यो पनि लामो, भद्दा, ,
> असान्दर्भिक , अनौठो  कसैलाई अपत्यारिलो जस्ता बिषेसता ले भरिएको ।
> काठमान्डौ आउन भन्दा अगाडि  कहिले काँहि  बुबाको तर्फबाट दाइलाई  बुबाले भन्न
> खोजेका शब्दलाई बुझेर बाक्यमा प्रयोग गरेर एउटा प्रत्र तयार गरि बुबालाई
> बुझाएर अनि खाँदबारीबाट काठ्मान्डौ पठाइ दिन्थेँ। या बुबा आफैले पठाउनु
> हुन्थ्यो । जे होस् त्यो चुइयालाइ चिठ्ठी नै लेख्न त मलाई बच्चैबाट मन लाग्दैन
> थियो तर पनि बुबाको त म पनि छोरो थिए नि । नाईं  भन्ने कहाँबाट आउनु नि? कहिले
> काँहि मैले लेखेको  कुरामा भर नपरेर अरुलाई लेख्न लाउनु भयो भने पो रिस
> उठ्थ्यो तर बुबा भएकैले होला मेरो रिसले उहाँलाई केहि गर्दैन थियो । त्यो
> मानिय रिस नि  जुन बाटो आयो त्यहि बाटो जान्थ्यो हाम्रा ५९६ जनाको २०६९-०२-१४
> पछिको हभिगत जस्तै गरेर ।
> बर्ष र ई-पत्र दुइटा चिज नयाँ हो । अरु सबै पुरानै । शुभकामना पनि पुरानै हो
> तर नयाँ बर्षको लागि रि-न्यू गरेको । क बर्गको अडिटरलाई अडिट गराइकन सबै
> राजस्व तिरेर गरेको हो अख्तियारको आँखाले भेट्दैन सहर्स स्विकार्नुहोला ।  यी
> तिन चिज भन्दा अरु नयाँ केहि छैन । र यो ई-पत्र पनि उहि तपाई / तँ / तिमी
> पुरानै पात्र जो मेरो बिगतजीबनको कालखण्डमा भिभिन्न  उदेश्यका लागि संपर्कमा
> आएका थियौं एक-अर्कामा । तिनीहरूलाई नै लेखेको हो । जीवनमा ठोकिएका कुनै
> तिनजना ब्यक्तिलाई मात्र यो पत्र नजाओस्  भन्ने चाहना छ । अरुको लागि सबैलाई
> यो पत्र जाओस् । जसजसको इमेल एड्रेस मेरो इमेल बुकमा छ । भनोस्  यो पत्रले
> दधिराम यहि पृथ्बिमा जिवित घुम्दै छ । फेरि पनि कुनै पट्यारिला दिनहरू आए भने
> जीबनमा खुसीको लागि संघर्ष गर्नबाट एक छिन फुर्सद पायो भने  ई-पत्र पेस गर्ने
> छ ।
> यो ई-पत्र पढ्ने सबै आदरणिय साथी, प्रोफेसनल अग्रज, गुरु, भाई बहिनिहरू र
> समपर्कमा रहन चाहने र नचाहने सबैमा मेरो तर्फबाट नयाँ वर्षको शुभकामना छ ।
> ढिलैभएर  समय मिल्यो ढिलै मेल गरेँ अन्यथा नलिनु होला । यो इमेल मैले सबैलाई
> बिसिसि (BCC) गरेको छु जसले गर्दा तपाहरूको एडड्रेस कसैले अनधिकृत उपयोग गर्न
> त नपाउला तर पढ्दा फेरि केहि कुरामा अस्पष्ठता भने हुन सक्छ ।
> मलाई त  ई-पत्र पेस गर्न मन लागो गरे । कुनै काम गर्न मनलागेको भए गर्न पर्छ
> रोक्न हुदैन।  मलाई यो ई-पत्रको धन्यबादको  जरुरि छैन तर तपाईको मनको कुनै
> कुनामा चैं यो दधिराम भन्ने मान्छे अटिरओस् । निकाल्न खोज्दा पनि ननिस्कियोस्
> । हाहाहहा कस्तो जब्बर है म त !
> साथिहरू सम्झदै गर्नुहोस् है नमरि बाँचे दैबले साँचे अर्को साल यस्तै
> बिद्युतिय पत्रमार्फत भेटौला हामी जहाँ भए पनि ऊहि भाग्यमानी, ऊहि स्वाभिमानी
> , स्वतन्त्र अनि अटल हामी साथि-साथी !!!
> Best regards
> Dadhiram Nepal
> Kathmandu Nepal
> Phone: 9841365906
>
>
>  --
> FOSS Nepal mailing list: [email protected]
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: [email protected]
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
>



-- 
*Yours Truely
*Vijay Nand Saud
Asst. System Admin.
Kasam-Nepal
Taranagar-5, Dhangadhi
Email:- [email protected]
Url:-http://www.vijaysaud.com.np

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to