आदरणीय नेपाली विकिपिडियनहरू,
यहाँहरूलाई अवश्य पनि थाह नै छ विकिपिडियाका लेखहरूलाई विश्वसनीय र भरपर्दो बनाउन सन्दर्भ सामग्रीहरूको धेरै महत्त्व हुन्छ। विकिपिडियामा सन्दर्भ थप्नेकार्य कतिलाई झन्जटिलो र पट्यारलाग्दो पनि लाग्नसक्छ। यस कार्यमा सहजता होस् र सन्दर्भ थपेर नेपाली विकिपिडियालाई अझ उत्तम बनाउन चाहने विकिपिडियनहरूलाई प्रतियोगितात्मक तरिकाले सन्दर्भ थप्न सहजहोस् भन्ने हेतुले: - साइटेसन हन्ट <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e>औजारलाई नेपालीमा स्थानीयकरण गर्ने <https://translatewiki.net/wiki/Special:Translate?action=translate&group=citationhunt&language=ne&filter=> - साइटेसन हन्ट <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e> औजारमा नेपाली विकिपिडियालाई समर्थन गर्ने <https://github.com/eggpi/citationhunt/commit/1fbf340f68c8539ed087ba52e40d06e343f3b5c4> कार्य पूर्ण भएको छ। यहाँहरू पनि साइटेसन हन्ट <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e>औजार प्रयोग गर्नुहोस् र सन्दर्भहरू मिलाउनुहोस्। नेपाली विकिपिडियामा कुनै पनि लेखहरूमा सन्दर्भको आवश्यकता देख्नुभयो भने {{cn}} या {{citation needed}} थपिदिनुहोला अर्को कुनै प्रयोगकर्ताले साइटेसन हन्ट <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e>मा उक्त देख्नेछन् र मिलाउनेछन् । धन्यवाद, सरोज
_______________________________________________ Wikipedia-ne mailing list [email protected] https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne
