On behalf of FOSS Nepal Community, we would like to congratulate "Locus" for
it's grand success. We would like to praise Organizing Committee for their
hard work and dedication. Also, we are very thankful for allowing us to
spread some words of FOSS during the event.

On personal note, I would like to congratulate organizing committee of locus
for such an wonderful event. And also, praise their dedication as they
reached 52 educational institution to spread their words.. that is something
we will should learn from.

Regards
Akash Deep Shakya "OpenAK"
FOSS Nepal Community
http://www.akashdeepshakya.com.np
akashakya at gmail dot com
P.O.Box: 8975 EPC: 4235

~ Failure to prepare is preparing to fail ~



2009/11/30 BoharaG <[email protected]>

> “प्रतिस्पर्धाले नै गुणस्तरको निर्माण गर्दछ” भन्ने मुल नाराका साथ
> इन्जिनियरिङ्अध्ययन संस्थान पुल्चोक क्याम्पसका
> कम्प्युटर ,इलेक्ट्रोनिक्स  तथा इलेक्ट्रिकल विभागका विद्यार्थीहरुको
> समुह लोकस २००८–०९ को आयोजनामा यहि  मङ्सिर १२ गतेदेखि १४ गतेससम्म
> “लोकस” छैठौ राष्ट्रिय प्राबिधिक महोत्सव सम्पन्न भयो । महोत्सवको
> उद्घाटन भव्य समारोहका बीच माननीय सुचना तथा संचार मन्त्री शंकर पोखरेलले
> गर्नु भएको थियो ।
>
> गणितको भाषामा लोकस भन्नाले पथ भन्ने बुझिन्छ । इन्जिनियरिङ्ख अध्ययनरत
> विद्यार्थीहरुमा अन्तरनिहीत  क्षमताको प्रस्फुटन तथा प्रदशनीको लागि पथ
> प्रदर्शक बन्ने विश्वासका साथ सन २००३ मा यो समुह बनेको हो र लोकस २००८–
> ०९ यसको छैठौ संस्करण हो । लोकसको मुख्य उद्देश्य भनेको प्र्राबिधिक
> विद्यार्थीहरुलाई स्वस्थ्य प्रतिस्पर्धाको निम्ति प्लेट्फर्म उपलब्ध
> गराउनु , उनीहरुमा व्यावसायिक सीप र सामुहिक कार्य तथा नेतृत्व शक्तीको
> विकास गराउनु ,त्यसै गरी विभिन्न रुची र पृष्ठभुमिका मानिसहरुलाई सुचना
> प्रविधीका नविनतम आविस्कारहरुसँग साक्षात्कार गराउनु हो ।
>
> हरेक वर्ष लोकसले राष्ट्रियस्तरका विभिन्न इन्जिनियरिङ्ख कलेजका
> विद्यार्थीहरुलाई समेटेर विविध प्रतियोगिता ,प्रदशनी तथा अन्य
> कार्यव्रmमहरुका साथ तीन दिने प्राविधिक महोत्सव गर्दै आएको छ । यस
> वर्षको छैठौ संस्करणमा त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय,
> पुर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका अधिराज्यभरिका विभिन्न
> चौधवटा इन्जिनियरिङ्ख कलेजका विद्यार्थीह्रु सहभागी थिए । महोत्सवका
> मुख्य कार्यव्रmमहरुमा प्रतियोगितात्मक तर्फ औपचारिक कार्यव्रmम जस्तै
> सफ्टवेयर ,हार्डवेयर ,इलेक्ट्रिकल विधाका प्रोजेक्टहरु बीच
> प्रतिस्पर्धा , कार्यपत्र प्रस्तुती र प्राविधिक हाजिरीजवाफ प्रतियोगिता
> रहेका थिए भने अनौपचारिक कार्यव्रmम जस्तै कोडिङ्ख
> प्रतियोगिता ,कम्प्युटर गेमिङ्ख प्रतियोगिता आदी रहेका थिए । त्यसैगरि
> अप्रतियोगितात्मक तर्फ सेमिनार ,कार्यशाला अन्तर्रिव्रmया ,विभिन्न
> इन्जिनियरिङ्ख प्रविधी र प्रयोगशालाहरुको प्रदर्शनी ,सुचना प्रविधी र
> जलविद्युतसँग सम्बन्धित विभिन्न व्यावसायिक प्रतिष्ठानहरुका
> स्टलहरु ,इन्जिनियरिङ्ख अध्ययन पश्चातका सम्भावित रोजगारदाता कम्पनीहरुका
> स्टलहरु आदि रहेका थिए ।
>
> महोत्सवमा अवलोकनकर्ताहरुको गणना गर्न प्रवेशद्धारमा जडित
> विद्यार्थीहरुद्धारा निर्मित गणना मेसिन तथा अवलोकनकर्ताहरुको
> कम्प्युटरमा देखिएका जुनसुकै समस्याहरुको समाधानका निम्ति सहयोग गर्ने
> प्राविधिक विद्यार्थीहरुको गेट हेल्प टु फिक्स योर कम्प्युटर समुहले
> दर्शकको ध्यानाकर्षण गरेका थिए ।
>
> सफ्टवेयर तर्फ सहभागी जम्मा १४ प्रोजेक्टहरुमध्ये कुनै स्थानमा सुरक्षित
> ढंगले राखिएको सामान कसैले चलाएको खंण्डमा जानकारी दिने मोसन डिटेक्टर
> तथा आखाँको नानीको चाल अनुसार कम्प्युटरको माउस चलाउन सकिने आइ
> डिटेक्सनले धेरैको ध्यान खिचेका थिए ।
>
> हर्डवेयरतर्फ सहभागी जम्मा १९ प्रोजेक्टहरुमध्ये घरमा आगलागी
> हुँदा,भुकक्प जाँदा तथा घरमा कोही आउदा थाहा दिने होम स   ेक्युरिटी
> सिस्टमका प्रोजेक्टहरु तथा घरका ढोका,बत्ती पंखा आदि कम्प्युटर र रिमोट
> कन्ट्रोलबाट नियन्त्रण गर्न मिल्ने होम एप्लाइन्स कन्ट्रोल सिस्टम तथा
> आफै बाटो पहिल्याउने लाइन ट्रयाकिङ्ख रोबोट   जस्ता प्रोजेक्टहरुले
> धेरैको ध्यान खिचेका थिए ।
>
> त्यसैगरि इलेक्ट्रिकल तर्फ सहभागी जम्मा ११ प्रोजेक्टहरुमध्ये केशबाट
> उर्जा उत्पादन गर्ने सोलार प्यानल,तार रहित विद्युत प्रसारण र हावाबाट
> टरवाइन घुमाइ विद्युत निकाल्ने प्रविधि धेरैको ध्यान तान्न सफल भएका थिए
> ।
>
> कार्यपत्र प्रस्तुतीतर्फ सहभागी जम्मा ९ वटा शीर्षकहरुमध्ये मष्तिस्कको
> तरङ्खद्धारा हार्डवेयर संचालन गर्ने विषयको कार्यपत्रले धेरैलाई आकर्षित
> गरको थियो ।
>
> यस प्राविधिक महोत्सवलाई डी टु हकाइ नामक सफ्टवेयर कम्पनीले मुख्य
> प्रायोजन गरेको थियो भने इन्जिनियरिङ्ख अध्ययन संस्थान डीनको कार्यालय ,
> पुल्चोक क्याम्पस प्रशाशन , पुल्चोक क्याम्पस स्ववियू , त्यसैगरी
> कम्प्युटर तथा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विभाग लगायत विभिन्न संघ
> संस्थाले सहयोग गरेका
> थिए ।
>
> निशुल्क प्रवेशको व्यवस्था गरिएको यस महोत्सवमा  पन्ध्र हजार भन्दा बढी
> दर्शकले अवलोकन गरेको थिए ।
>
>
>
>
> ज्ञानेश्वर बोहरा
> संचार संयोजक
> लोकस२००८-०९
>  ९९८४१६६०९८८०
>
>
> --
> FOSS Nepal mailing list: [email protected]
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: 
> [email protected]<foss-nepal%[email protected]>
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to