Congratulations!!! To the Locus team 08-09 for making "Locus" a huge success.
2009/11/30 BoharaG <[email protected]> > “प्रतिस्पर्धाले नै गुणस्तरको निर्माण गर्दछ” भन्ने मुल नाराका साथ > इन्जिनियरिङ्अध्ययन संस्थान पुल्चोक क्याम्पसका > कम्प्युटर ,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका विद्यार्थीहरुको > समुह लोकस २००८–०९ को आयोजनामा यहि मङ्सिर १२ गतेदेखि १४ गतेससम्म > “लोकस” छैठौ राष्ट्रिय प्राबिधिक महोत्सव सम्पन्न भयो । महोत्सवको > उद्घाटन भव्य समारोहका बीच माननीय सुचना तथा संचार मन्त्री शंकर पोखरेलले > गर्नु भएको थियो । > > गणितको भाषामा लोकस भन्नाले पथ भन्ने बुझिन्छ । इन्जिनियरिङ्ख अध्ययनरत > विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको प्रस्फुटन तथा प्रदशनीको लागि पथ > प्रदर्शक बन्ने विश्वासका साथ सन २००३ मा यो समुह बनेको हो र लोकस २००८– > ०९ यसको छैठौ संस्करण हो । लोकसको मुख्य उद्देश्य भनेको प्र्राबिधिक > विद्यार्थीहरुलाई स्वस्थ्य प्रतिस्पर्धाको निम्ति प्लेट्फर्म उपलब्ध > गराउनु , उनीहरुमा व्यावसायिक सीप र सामुहिक कार्य तथा नेतृत्व शक्तीको > विकास गराउनु ,त्यसै गरी विभिन्न रुची र पृष्ठभुमिका मानिसहरुलाई सुचना > प्रविधीका नविनतम आविस्कारहरुसँग साक्षात्कार गराउनु हो । > > हरेक वर्ष लोकसले राष्ट्रियस्तरका विभिन्न इन्जिनियरिङ्ख कलेजका > विद्यार्थीहरुलाई समेटेर विविध प्रतियोगिता ,प्रदशनी तथा अन्य > कार्यव्रmमहरुका साथ तीन दिने प्राविधिक महोत्सव गर्दै आएको छ । यस > वर्षको छैठौ संस्करणमा त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, > पुर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका अधिराज्यभरिका विभिन्न > चौधवटा इन्जिनियरिङ्ख कलेजका विद्यार्थीह्रु सहभागी थिए । महोत्सवका > मुख्य कार्यव्रmमहरुमा प्रतियोगितात्मक तर्फ औपचारिक कार्यव्रmम जस्तै > सफ्टवेयर ,हार्डवेयर ,इलेक्ट्रिकल विधाका प्रोजेक्टहरु बीच > प्रतिस्पर्धा , कार्यपत्र प्रस्तुती र प्राविधिक हाजिरीजवाफ प्रतियोगिता > रहेका थिए भने अनौपचारिक कार्यव्रmम जस्तै कोडिङ्ख > प्रतियोगिता ,कम्प्युटर गेमिङ्ख प्रतियोगिता आदी रहेका थिए । त्यसैगरि > अप्रतियोगितात्मक तर्फ सेमिनार ,कार्यशाला अन्तर्रिव्रmया ,विभिन्न > इन्जिनियरिङ्ख प्रविधी र प्रयोगशालाहरुको प्रदर्शनी ,सुचना प्रविधी र > जलविद्युतसँग सम्बन्धित विभिन्न व्यावसायिक प्रतिष्ठानहरुका > स्टलहरु ,इन्जिनियरिङ्ख अध्ययन पश्चातका सम्भावित रोजगारदाता कम्पनीहरुका > स्टलहरु आदि रहेका थिए । > > महोत्सवमा अवलोकनकर्ताहरुको गणना गर्न प्रवेशद्धारमा जडित > विद्यार्थीहरुद्धारा निर्मित गणना मेसिन तथा अवलोकनकर्ताहरुको > कम्प्युटरमा देखिएका जुनसुकै समस्याहरुको समाधानका निम्ति सहयोग गर्ने > प्राविधिक विद्यार्थीहरुको गेट हेल्प टु फिक्स योर कम्प्युटर समुहले > दर्शकको ध्यानाकर्षण गरेका थिए । > > सफ्टवेयर तर्फ सहभागी जम्मा १४ प्रोजेक्टहरुमध्ये कुनै स्थानमा सुरक्षित > ढंगले राखिएको सामान कसैले चलाएको खंण्डमा जानकारी दिने मोसन डिटेक्टर > तथा आखाँको नानीको चाल अनुसार कम्प्युटरको माउस चलाउन सकिने आइ > डिटेक्सनले धेरैको ध्यान खिचेका थिए । > > हर्डवेयरतर्फ सहभागी जम्मा १९ प्रोजेक्टहरुमध्ये घरमा आगलागी > हुँदा,भुकक्प जाँदा तथा घरमा कोही आउदा थाहा दिने होम स ेक्युरिटी > सिस्टमका प्रोजेक्टहरु तथा घरका ढोका,बत्ती पंखा आदि कम्प्युटर र रिमोट > कन्ट्रोलबाट नियन्त्रण गर्न मिल्ने होम एप्लाइन्स कन्ट्रोल सिस्टम तथा > आफै बाटो पहिल्याउने लाइन ट्रयाकिङ्ख रोबोट जस्ता प्रोजेक्टहरुले > धेरैको ध्यान खिचेका थिए । > > त्यसैगरि इलेक्ट्रिकल तर्फ सहभागी जम्मा ११ प्रोजेक्टहरुमध्ये केशबाट > उर्जा उत्पादन गर्ने सोलार प्यानल,तार रहित विद्युत प्रसारण र हावाबाट > टरवाइन घुमाइ विद्युत निकाल्ने प्रविधि धेरैको ध्यान तान्न सफल भएका थिए > । > > कार्यपत्र प्रस्तुतीतर्फ सहभागी जम्मा ९ वटा शीर्षकहरुमध्ये मष्तिस्कको > तरङ्खद्धारा हार्डवेयर संचालन गर्ने विषयको कार्यपत्रले धेरैलाई आकर्षित > गरको थियो । > > यस प्राविधिक महोत्सवलाई डी टु हकाइ नामक सफ्टवेयर कम्पनीले मुख्य > प्रायोजन गरेको थियो भने इन्जिनियरिङ्ख अध्ययन संस्थान डीनको कार्यालय , > पुल्चोक क्याम्पस प्रशाशन , पुल्चोक क्याम्पस स्ववियू , त्यसैगरी > कम्प्युटर तथा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विभाग लगायत विभिन्न संघ > संस्थाले सहयोग गरेका > थिए । > > निशुल्क प्रवेशको व्यवस्था गरिएको यस महोत्सवमा पन्ध्र हजार भन्दा बढी > दर्शकले अवलोकन गरेको थिए । > > > > > ज्ञानेश्वर बोहरा > संचार संयोजक > लोकस२००८-०९ > ९९८४१६६०९८८० > > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: > [email protected]<foss-nepal%[email protected]> > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ -- With Regards, Suraj Sapkota सुरज सापकोटा -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
