thank you every body . Dadhiram Nepal
2009/11/30 SATA <[email protected]>: > Congratulations!!! To the Locus team 08-09 for making "Locus" a huge > success. > > 2009/11/30 BoharaG <[email protected]> >> >> “प्रतिस्पर्धाले नै गुणस्तरको निर्माण गर्दछ” भन्ने मुल नाराका साथ >> इन्जिनियरिङ्अध्ययन संस्थान पुल्चोक क्याम्पसका >> कम्प्युटर ,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका विद्यार्थीहरुको >> समुह लोकस २००८–०९ को आयोजनामा यहि मङ्सिर १२ गतेदेखि १४ गतेससम्म >> “लोकस” छैठौ राष्ट्रिय प्राबिधिक महोत्सव सम्पन्न भयो । महोत्सवको >> उद्घाटन भव्य समारोहका बीच माननीय सुचना तथा संचार मन्त्री शंकर पोखरेलले >> गर्नु भएको थियो । >> >> गणितको भाषामा लोकस भन्नाले पथ भन्ने बुझिन्छ । इन्जिनियरिङ्ख अध्ययनरत >> विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको प्रस्फुटन तथा प्रदशनीको लागि पथ >> प्रदर्शक बन्ने विश्वासका साथ सन २००३ मा यो समुह बनेको हो र लोकस २००८– >> ०९ यसको छैठौ संस्करण हो । लोकसको मुख्य उद्देश्य भनेको प्र्राबिधिक >> विद्यार्थीहरुलाई स्वस्थ्य प्रतिस्पर्धाको निम्ति प्लेट्फर्म उपलब्ध >> गराउनु , उनीहरुमा व्यावसायिक सीप र सामुहिक कार्य तथा नेतृत्व शक्तीको >> विकास गराउनु ,त्यसै गरी विभिन्न रुची र पृष्ठभुमिका मानिसहरुलाई सुचना >> प्रविधीका नविनतम आविस्कारहरुसँग साक्षात्कार गराउनु हो । >> >> हरेक वर्ष लोकसले राष्ट्रियस्तरका विभिन्न इन्जिनियरिङ्ख कलेजका >> विद्यार्थीहरुलाई समेटेर विविध प्रतियोगिता ,प्रदशनी तथा अन्य >> कार्यव्रmमहरुका साथ तीन दिने प्राविधिक महोत्सव गर्दै आएको छ । यस >> वर्षको छैठौ संस्करणमा त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, >> पुर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका अधिराज्यभरिका विभिन्न >> चौधवटा इन्जिनियरिङ्ख कलेजका विद्यार्थीह्रु सहभागी थिए । महोत्सवका >> मुख्य कार्यव्रmमहरुमा प्रतियोगितात्मक तर्फ औपचारिक कार्यव्रmम जस्तै >> सफ्टवेयर ,हार्डवेयर ,इलेक्ट्रिकल विधाका प्रोजेक्टहरु बीच >> प्रतिस्पर्धा , कार्यपत्र प्रस्तुती र प्राविधिक हाजिरीजवाफ प्रतियोगिता >> रहेका थिए भने अनौपचारिक कार्यव्रmम जस्तै कोडिङ्ख >> प्रतियोगिता ,कम्प्युटर गेमिङ्ख प्रतियोगिता आदी रहेका थिए । त्यसैगरि >> अप्रतियोगितात्मक तर्फ सेमिनार ,कार्यशाला अन्तर्रिव्रmया ,विभिन्न >> इन्जिनियरिङ्ख प्रविधी र प्रयोगशालाहरुको प्रदर्शनी ,सुचना प्रविधी र >> जलविद्युतसँग सम्बन्धित विभिन्न व्यावसायिक प्रतिष्ठानहरुका >> स्टलहरु ,इन्जिनियरिङ्ख अध्ययन पश्चातका सम्भावित रोजगारदाता कम्पनीहरुका >> स्टलहरु आदि रहेका थिए । >> >> महोत्सवमा अवलोकनकर्ताहरुको गणना गर्न प्रवेशद्धारमा जडित >> विद्यार्थीहरुद्धारा निर्मित गणना मेसिन तथा अवलोकनकर्ताहरुको >> कम्प्युटरमा देखिएका जुनसुकै समस्याहरुको समाधानका निम्ति सहयोग गर्ने >> प्राविधिक विद्यार्थीहरुको गेट हेल्प टु फिक्स योर कम्प्युटर समुहले >> दर्शकको ध्यानाकर्षण गरेका थिए । >> >> सफ्टवेयर तर्फ सहभागी जम्मा १४ प्रोजेक्टहरुमध्ये कुनै स्थानमा सुरक्षित >> ढंगले राखिएको सामान कसैले चलाएको खंण्डमा जानकारी दिने मोसन डिटेक्टर >> तथा आखाँको नानीको चाल अनुसार कम्प्युटरको माउस चलाउन सकिने आइ >> डिटेक्सनले धेरैको ध्यान खिचेका थिए । >> >> हर्डवेयरतर्फ सहभागी जम्मा १९ प्रोजेक्टहरुमध्ये घरमा आगलागी >> हुँदा,भुकक्प जाँदा तथा घरमा कोही आउदा थाहा दिने होम स ेक्युरिटी >> सिस्टमका प्रोजेक्टहरु तथा घरका ढोका,बत्ती पंखा आदि कम्प्युटर र रिमोट >> कन्ट्रोलबाट नियन्त्रण गर्न मिल्ने होम एप्लाइन्स कन्ट्रोल सिस्टम तथा >> आफै बाटो पहिल्याउने लाइन ट्रयाकिङ्ख रोबोट जस्ता प्रोजेक्टहरुले >> धेरैको ध्यान खिचेका थिए । >> >> त्यसैगरि इलेक्ट्रिकल तर्फ सहभागी जम्मा ११ प्रोजेक्टहरुमध्ये केशबाट >> उर्जा उत्पादन गर्ने सोलार प्यानल,तार रहित विद्युत प्रसारण र हावाबाट >> टरवाइन घुमाइ विद्युत निकाल्ने प्रविधि धेरैको ध्यान तान्न सफल भएका थिए >> । >> >> कार्यपत्र प्रस्तुतीतर्फ सहभागी जम्मा ९ वटा शीर्षकहरुमध्ये मष्तिस्कको >> तरङ्खद्धारा हार्डवेयर संचालन गर्ने विषयको कार्यपत्रले धेरैलाई आकर्षित >> गरको थियो । >> >> यस प्राविधिक महोत्सवलाई डी टु हकाइ नामक सफ्टवेयर कम्पनीले मुख्य >> प्रायोजन गरेको थियो भने इन्जिनियरिङ्ख अध्ययन संस्थान डीनको कार्यालय , >> पुल्चोक क्याम्पस प्रशाशन , पुल्चोक क्याम्पस स्ववियू , त्यसैगरी >> कम्प्युटर तथा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विभाग लगायत विभिन्न संघ >> संस्थाले सहयोग गरेका >> थिए । >> >> निशुल्क प्रवेशको व्यवस्था गरिएको यस महोत्सवमा पन्ध्र हजार भन्दा बढी >> दर्शकले अवलोकन गरेको थिए । >> >> >> >> >> ज्ञानेश्वर बोहरा >> संचार संयोजक >> लोकस२००८-०९ >> ९९८४१६६०९८८० >> >> >> -- >> FOSS Nepal mailing list: [email protected] >> http://groups.google.com/group/foss-nepal >> To unsubscribe, e-mail: [email protected] >> >> Mailing List Guidelines: >> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines >> Community website: http://www.fossnepal.org/ > > > -- > With Regards, > Suraj Sapkota > सुरज सापकोटा > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: [email protected] > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
