Dear all भक्तपुर सल्लाघारीमा रहेको प्रभात मा. बि. एउटा आवासिय स्कूल हो । यस स्कूलले आफ्नो कम्पुटर ल्याबमा लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट (LTSP) स्थापना गरि चलाई रहेको जानकारी हामीलाई दिएको थियो र करिव एक बर्ष अगाडि देखि नै आफ्नो स्कूलमा foss अभिमुखिकरण ट्रेनिङ्ग आफ्ना स्कूलमा संलग्न शिक्षक तथा बिद्यार्थीहरूको लागि माग गरिरहेको जानकारी पहिला देखि नै गराउदै आएको सन्दर्भमा यदि यो ट्रेनिङ्ग संचालन गर्न त्यहाको आवस्कता हेरि हामीले सहयोग गर्न सक्छौ भने यथासक्य चाडो हामीले स्कूल प्रशासनलाई जानकरी गराउनका लागि सवैमा यो अनुरोध गरेको छु । मलाई जानकारी भए सम्म १ देखि २ दिन सम्मको ट्रेनिङ्गका लागि ४ जना सम्म प्रशिक्षक उपलव्ध गराएर स्कुल प्रशासनलाई सहयोग गर्न पर्ने हुन्छ । यदि कसैबाट टेक्निकल सपोर्टको सहयोग पाए ट्रेनिङ्ग ब्याबस्थापनका लागि म आफैले सहयोग गर्न सक्ने ब्यहोरा जानकारि गराउद छु । जसले हामीलाई निजि बिद्यालयमा पनि आफ्नै श्रोतबाट लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट (LTSP) डिप्लोइमेन्ट गर्न सकिन्छ भन्ने कुराको सुरुवाति गर्नेछ भन्ने मेरो बुझाई हो ।
भवदिय Dadhiram Nepal -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
