साथीहरु सबैमा नमस्कार सफ्वेयर स्वतन्त्रता दिवस २०१० (Software Freedom Day 2010!) आउन अब मात्र ४९ दिन बाँकि छ । हामीले गर्ने कामको बारेमा छलफल सुरु गर्ने बेला भैसकेको महसुस मैले गरेको छु । प्रबिणजीबाट यसको सुरुवात पनि भैसकेको छ । हामीमै कसले के गर्न सकिन्छ भन्ने बारेमा पनि खासै छलफल हुन सकेको छैन अब मेल बाटै छलफल अगाडि बढाउदा हुन्छ कि भन्ने मेरो बुझाई हो । यसमा आफुले लिन सक्ने कामको बारेमा पनि केहि कुरामा मेल मै पोष्ट गर्ने र बिषेसत: यसपालीको नारा या स्लोगन के भन्दा ठिक होला ? पनि फाइनल गर्न पर्ने छ मैले केहि दिन अगाडि अनौपचारिक रुपमा foss for education हुन सक्छ कि ? भनेर प्रस्ताव गरेको थिए । यो पनि फाइनल गर्नु छ । यी सबै कुरामा सबैको राय उत्तिकै महत्व पूर्ण र सान्धर्भिक मैले ठानेको छु । यसमा अझ वढि जो नयाँ-नयाँ फोसियनहरु हुनु हुन्छ उहाँहरुको सहभागिता नै सबै भन्दा महत्वपूर्ण हुन्छ भन्ने कुरामा हाम्रो दोमत हुने छैन त्यसैले जो नयाँ आइटी IT बिद्यार्थी हुनु हुन्छ उहाँहरुले मेजर रोल लिनु भए राम्रो होला कि भन्ने मेरो बुझाइ हो जसको म मेरो तर्फबाट मेरा अनुभवले भ्याएको सम्म काम गर्न र तपाईहरुको अगुवाइमा सफ्वेयर फ्रिडम डे भव्यताकासाथ सफल पार्न सगौरव प्रस्तुत हुनेछु । यसको लागि हाम्रो फोकल पोइन्ट भनेको कलेजका बिद्यार्थीसाथीहरु हुनु हुन्छ । यसमा मैले अन्य फोसियनहरू / आईटी प्रोफेसनल / अन्य आस्थावान साथीहरु (म जस्तै) जो बिद्याथी जिवन पार गरि प्रोफेसनल भैसक्नु भएको छ उहाँहरुको उपेक्षा गर्न विलकुल खोजेको हैन बाटो देखाउने अभिबारा तपाईहरूकै हो । यसमा कलेजका साथीहरुले आफुमध्येबाट एक जनाले संपूर्ण कलेजहरू को-अर्डिनेसन गरि सबैमा छलफल अगाडि बढाने कामको मोटिभेसन गर्नु भए सजिलो हुन्छ र तपाईहरुबाट राखेका छलफल कार्यक्रममा मेलबाट जानकारी पाए हामी जो गत वर्षहरूको Software Freedom Day मा सहभागिता जनाई सकेका छौ । उपस्थित भएर आफ्ना बुझाइ र विगतको अनुभव सेयर गर्न तयार छौ । बिगतमा गरिएका कार्यक्रमको बारेमा एक पटक अध्ययन गरेर पनि बिस्त्रित जानकारी लिन सकिन्छ । जसको लागि wiki.fossnepal.org or http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2009 http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2008 आदि , यि लिङ्कहरू हेर्न सक्नु हुने छ। अन्य कुराहरू आगामी मेलमा तपाईहरूको प्रतिकृया पछि अपडेट गर्दै जाने छु ।
भवदिय दधिराम नेपाल फोन मो. ९८४१३६५९०६ फोस नेपाल समुदाय -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
