Dear Aakar, Its a nice Article that too in Nepali. I hope you will be publishing it in any magazine or newspaper.
I look forward to see many such articles going on to print media... Keep it up. 2009/8/27 आकार <[email protected]> > Twitter <http://www.twitter.com/>(ट्विटर) एउटा माइक्रोब्लगिङ साइट, > जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ । > प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट गर्ने को > संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट एप्लिकेशनहरु > बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु मार्फत > ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका ट्विट > बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका प्रयोगकर्ताहरु > ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो हुने > नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि दिक्कै > लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो आउने > गरेको छ । > > तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै स्पाम > कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न मिल्ने > गरि, एउटा नयाँ एप्लिकेशन बनेको छ । Buzzom Desktop नाम दिइएको यो क्लाइन्ट > एप्लिकेशन बेङ्लोरमा अवस्थित InRev Systems <http://www.in-rev.com/> ले > भर्खरै लन्च गरेको हो । हुन त Buzzom ले पहिले नै सोसल मिडियामा तुफान > ल्याइसकेको छ, Buzzom.com मार्फत ट्विटरमा फलो अनफलो गर्ने, स्टाटस अपडेट > गर्ने, रिप्लाइ गर्ने, सर्च गर्ने आदि विविध कामहरु गर्न सकिन्छ । तर अब Buzzom > Desktop ले सोसल मिडियामा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । अरु एप्लिकेशन > भन्दा पृथक र प्रयोगकर्तालाई स्पामिङ बाट बचाउने उद्देश्यका साथ बनाइएको Buzzom > Desktop ले प्रयोगकर्तालाई एउटा छुट्टै अनुभुति दिन्छ । त्यसबाहेक Buzzom > Desktop मा प्रयोगकर्ताहरुलाई विभिन्न ग्रुपमा राख्न सकिन्छ, यतिमात्र होइन > प्रयोगकर्ताहरुले आफ्ना ट्विटहरुलाई फिल्टर गर्न सक्छन्, चाहिएका ट्विटमात्र > हेर्न र पढ्न सक्छन् । > > Buzzom Desktop को अर्को उल्लेखनिय फिचर भनेको, प्रयोगकर्ताहरुले प्रोफाइल, > वायो, लोकेशन आदिका आधारमा ट्विट हेर्न र पढ्न सक्छन् । जसका कारण कुन ठाउँमा > के कस्तो छ, आदि सबै कुरा जान्न यो वरदान सावित भएको छ । स्थान विशेषका आधारमा > व्यापार व्यवासाय को बारेमा जानकारी लिन मिल्छ । खासमा भन्ने हो भने, Buzzom > Desktop भनेको ट्विटगर्ने मात्र नभइ धेरै थोक हो । दिक्क लाग्ने गरि आउने ट्विट > मन पर्दैन भने, त्यस्ता ट्विटलाई लुकाउन मिल्छ, आफूले छानि छानि आफू अनुकुल > ट्विटहरु हेर्न सकिन्छ । आफ्नो चाहना अनुसार, ट्विट गर्न सकिने, पढ्न सकिने…छैन > त यो Buzzom Desktop गज्जब को ? > > उदाहरण को लागि, यदि मलाई, मैले फलो गरिरहेका वेव डिजाइनरहरु को मात्र ट्विट > हेर्न मन लाग्यो भने म वायोमा ‘web designer and css’ भन्ने keywords राखेर > सर्च गर्छु, नतिजा तुरुन्तै निस्कन्छ । Buzzom Desktop ले सहज रुपमा वेव > डिजाइनरहरुको मात्र ट्विट देखाउँछ । यस्तै यस्तै features का कारण, बढ्दो > स्पामिङ बाट सहज रुपमा छुटकारा पाउन सकिन्छ, अर्थात भनौँ कम समय मा, सहज रुपमा, > आफ्ना लागि उपयुक्त ट्विटहरु हेर्न सकिन्छ । भएन त समय को बचत ? हेर्नुस् यो > स्क्रिनसट्: > > <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1svfCRYI/AAAAAAAACkY/GtOSm3culqQ/s1600-h/search_buzzom_aakarpost.jpg> > > अब आफूलाई मन परेको ट्विटहरु देखिसकेपछि खुशि त पक्कै लाग्छ । यसका साथै > प्रयोगकर्ताहरु ले ट्विटकर्ताहरुलाई सजिलै मेसेज गर्न सक्छन्, त्यही ट्विटलाई > रिट्विट गर्न सक्छन् अनि मन परेन भने त्यस्ता ट्विटलाई लुकाइदिनसक्छन् । ट्विट > को दायाँ तर्फ RT, DM, Reply, Sent the user to group तथा Hide Account भन्ने > वटनहरु रहेकाछन्, प्रयोगकर्ताहरुले एउटा क्लिक को भरमा सबै काम तमाम गर्न > सक्छन् । सायद, यी कुराहरु बाट Buzzom Desktop मार्फत कसरी ट्विटहरु फिल्टर > गर्न सकिन्छ भन्ने कुरा यहाँहरुले थाहा पाउनुभयो होला । > > Buzzom Desktop को अर्को महत्वपुर्ण पक्ष भनेको प्रयोगकर्ताहरु ले फलो नै > नगरिकन सेलिब्रेटि देखि टेक्नोलोजी सम्म का ट्विटहरु हेर्न सकिन्छ । Other > Groups शिर्षकमा Buzzom Desktop को वायाँ छेउमा रहेको Celebrity, Design, > Economy, Entrepreneur, News, Politicians, Social Media, Sports, Technology > आदि शिर्षक मा क्लिक गरेर आफ्नो चाहना अनुसार को ट्विट गर्न सकिन्छ, ट्विट > हेर्न को लागि फलो नै गर्नुपर्छ भन्ने छैन । Buzzom Desktop ले पहिले नै यी > विभिन्न ग्रुपमा ट्विटहरु हेर्न मिल्ने गरि बनाइदिएर प्रयोगकर्ताहरुलाई ठूलो > गुन लगाएको छ । > > <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1kD-0R_I/AAAAAAAACkI/JmV00TA1I8g/s1600-h/buzzom_aakarpost.gif> > > <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1oQb7uRI/AAAAAAAACkQ/slnu-E3EyvM/s1600-h/groups_buzzom_aakarpost.jpg> > > त्यसबाहेक प्रयोगकर्ताले यसमार्फत ट्विट गर्दा लिंकहरु छोटो गरिरहनु पर्दैन, > Buzzom Desktop ले अटोमेटिक रुप मै लामो लिंकहरुलाई nxy.in मार्फत छोटो लिंक > मा बद्लिदिन्छ । त्यस्तै, प्रयोकर्ताहरु ले १० वटा सम्म ट्विटर एकाउन्टलाई एउटै > Buzzom Desktop मार्फत म्यानेज गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरुलाई कुनै > फाइल, फोटो या भिडियो अनलाइनमा सेयर गर्नु पर्यो भने एकाउन्ट बनाएर, अपलोड > गरेर सेयर गर्नुपर्छ तर Buzzom Desktop मार्फत प्रयोगकर्ताहरु ले drag and drop > को आधारमा आफ्ना फाइलहरु अनलाइनमा सेयर गर्न सक्छन् । तपाई ट्विट गर्नु हुन्छ > भने धेरै सुविधाहरुले भरिपुर्ण Buzzom Desktop उत्तम विकल्प हुनसक्छ । एकपटक > प्रयोग गरेर हेर्नुहोस्, फरक अनुभव गर्नुहुनेछ । स्मरणिय रहोस्, > buzzom.com<http://www.buzzom.com/>ले सोसल मिडियामा आफ्नो उपस्थिति जनाएर > तहल्का मच्चाइसकेको छ । अब Buzzom > Desktop मार्फत आफ्नो उपस्थितिलाई झनै सशक्त पार्दैछ ! प्रयोग गर्नुहोस्, फरक > आफैँले थाहा पाउनुहुनेछ । > > Download: Buzzom Desktop<http://www.buzzom.com/downloads/BuzzomDesktop.msi> > > -- > regards, > aakar > www.aakarpost.com > > Jonathan > Swift<http://www.brainyquote.com/quotes/authors/j/jonathan_swift.html> - "May > you live every day of your life." > > > -- Prabin Gautam Open Source Developer prabin AT prabin DOT net DOT np Mob: +९7७9८4१२5९00१ --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
