नमस्कार ,
""खुल्ला प्रविधी अभियान"" तर खुल्लाको अर्थ बिकाश गर्नु पनि हुन्छ त्यसैले ""प्रविधी बिकाश"" वा ""प्रविधी बिकाश अभियान"" राख्ता कसो होला । खुल् + आ - खुल्ला हुन्छ / अनि यो खुल्ला भन्ने शव्द अलिक छाडापनि हो / यसको अर्थ सिधै नियम नियत्रण भन्दा बाहिर भन्ने पनि हुन्छ् / खुला समाज भनेको सिधै अनुसासन हिन समाज होइन / तर खुल्ला आफैमा हल्का अर्थ राख्ने शव्द भएकाले यसको प्रयोग पनि अकिल हल्का ठाँउमा नै गर्दा राम्रो हुन्छ । अग्रेजी को "ओपन" शव्दको अर्थ अलिक गहन ठाँउमा प्रयोग भको छ तर हामीले खुल्ला शव्दलाई गहन ठाँउमा प्रयोग गर्न सकेका छैनौ । अहिले सम्म प्रयोग भएका ठाँउको उदाहरण लिने भने पनि खुल्ला मञ्चमा भएको खुल्ला कन्सर्टमा प्रहरिले जहिल्यै हस्तक्षेप गरेर नियन्त्रणमा लिन पर्छ किन कि खुल्ला शव्दको दुरुपयोग भएको हुन्छ । झन खुला मञ्चका भाषणको त कुरै अर्कै त्यहाँ गए पछि सबैले म मात्र राम्रो अरुसबै .......... यस्तै खुल्ला शव्दको प्रयोगको इतिहाँस अरु फनि छ । तिम्रो दीलको साँचो खुल्ला राख म आउनलाई आदि । पहिले प्रयोग नभैरहेको कुरालाई प्रयोग गर्दा अलिक बिचार गर्दा राम्रो हुन्छ । भवदिय दधिराम On Thu, Aug 27, 2009 at 10:14 PM, Kysor<[email protected]> wrote: > "खुला समाज".. > > > --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
